VALUABLE CLIENTS:

जुत्ता पालिस गर्दागर्दै 'ब्राण्डेड' कम्पनीका मालिक


साँझ बिहानको छाक टार्नकालागि कुनै बेलाउनी दक्षिण अफ्रिकाका विमानस्थलमा यात्रुहरुको जुत्ता पालिस गर्थे। जुत्ता पालिस गर्दागर्दै अहिले उनको यो काम 'ब्राण्ड'नै भएको छ। र यो जुत्ता पालिस गर्ने कम्पनीका मालिक अहिले वर्षमा लाखौ डलर आम्दानी गरिरहेका छन्।
 
दक्षिण अफ्रिका विमानस्थलमा जुत्ता पालिस गर्दागर्दै ४० वर्षीय लेरे मगयीयाको कम्पनीलाई लोकप्रिय ब्राण्ड बनाउने यात्रा सहज भने थिएन। जुत्ता पालिसमा दक्षिण अफ्रिकाका 'राजा'बनेका मगयीया कुनैबेला विमानस्थलमा साउथ अफ्रिकन एअरवेजमा यात्रुलाई बोर्डिङ पास दिने काम गर्थे। पछि कम्पनीले उनलाई जागिरबाट निकालिदियो। केहीदिन बेरोजगार बसेपछि उनले थोरै लगानीमा व्यवसाय सुरु गरे। घरमा चाहिने सामानको ओसारपसारदेखि संसदको किचेनमा अण्डा पुर्‍याउने सम्मको काम गरे। तर कुनै काममा पनि सोचेँजति सफल भएनन्। किनकि उनीसँग व्यापारमा प्रतिष्पर्धा गर्न पर्याप्त रकम थिएन। 
 
केही समयपछि उनले 'स्याण्डल्याम मनी गेम' भन्ने टेलिभिजन प्रतियोगितामा भाग लिए। त्यसमा विजेता बनेेर उनले ३ हजार १ सय डलर  पुरस्कार पाए। तर 'टञी प्लान्टिङ कम्पनी' मा लगानी गरेको उनको त्यो रकम पनि डुब्यो। त्यसपछि त उनलाई बिहान बेलुका हातमुख जोर्न पनि धौ–धौ पर्न थाल्यो। यो सन् २००२ को नोभेम्वरको कुरा हो। भोको पेट भर्न उनले विमानस्थलका यात्रुको जुत्तामा पालिस लगाउन थाले। त्यतिबेला उनीसँग आफ्नो काम व्यवसाय र व्राण्ड बन्छ भन्ने सोचसम्म थिएन। 'भोको पेटमा विचार जन्मिदैन नि! म पनि त्यतिबेला भोकमरीले ग्रस्त थिएँ'उनले सिएनएन टेलिभिजनसँगको अर्न्तवार्तामा भनेका छन्।
 
काम सुरु गरेको दिन उनीसँग जुत्ता राख्ने कुर्सीसम्म थिएन। उनले कुर्सी ल्याउन फर्निचर कम्पनीलाई अर्डर त दिएका थिए तर कम्पनीले कुर्सी नै ल्याइ दिएन। कारण, उनीसँग त्यो कुर्सी किन्नका लागि पैसा छैन भन्ने त्यो कम्पनीलाई थाहा थियो। 'त्यस दिन काखमा राखेर जुत्तामा पालिस लगाएँ'उनले त्यो सुरुवाती दिनलाई सम्झदैँ भने। जुत्ता पालिस गर्ने अनुभव पनि थिएन। सुरुका दिनमा काम नजानेर उनले  मोजामा समेत पालिस लगाए। केही ग्राहक रिसाएर गए। तर, उनले काम छोडेनन्।
 
उनीसँग दुई जना सहयोगी थिए। तिनै जना बिहान पाँचदेखि राती नौ बजेसम्म काम गर्थे। 'बिहान काममा आउँदा अनि घर फर्कदा पनि छोरी सुतिसकेकी हुन्थी' यस्ता पीडा धेरै सम्म उनले सहेर काममा लागिरहे। 
 
तर अहिले अवस्था फेरिएको छ। उनको व्यवसायलेे उनको जीवनका दैनिक आवश्यकता मात्र पूरा गरेको छैन्, जीवनका लक्ष्यहरू भेटाउन पनि सजिलो बनाएको छ। 'अहिले मसँग आफ्नै घर छ, छोरी पनि बोर्डिङ स्कूलमा पढ्छे' उनले भने। उनी अहिले बिहान १२ बजेसम्म मात्र काम गर्छन्। 'के गर्नु परिवारलाई पनि समय दिनै पर्‍यो' उनले  हाँस्दै भने। 
 
अहिले दक्षिण अफ्रिकाको विमानस्थलमा कसैले तपाईको जुत्ता चम्काइ दियो भने लेरे मगयीया लाई धन्यावाद दिनै पर्छ। हरेक दिन दक्षिण अफ्रिकाका जोहानसवर्ग, केपटाउन र डार्वन विमानस्थलमा उनका साठी जना कर्मचारीहरु यात्रुका जुत्ता चम्काउन हाजिर भएका हुन्छन्।उनी आफै पनि जुत्तामा पालिस लगाउन व्यस्त हुन्छन्। 
 
'हाम्रो कम्पनी अफ्रिकाकै सबैभन्दा ठूलो जुत्ता पालिस गर्ने कम्पनी हो।'मगयीयाले  भने 'एक दिनमा हामी जोहानेस वर्गमा३ सय ५०, केप टाउन र डार्वन विमानस्थलमा १ सय२० जोडाभन्दा पनि बढी जुत्तामा पालिस गरिरहेका हुन्छौँ।' 
 
कुनै बेला छाक टार्नका लागि सुरु गरेको यो जुत्ता पालिसको कारोबार अहिले वार्षिक दुई लाख पचास हजार डलर हुन्छ। उनको कम्पनी'ले रेज सु साइन'अहिले दक्षिण अफ्रिकाका विमानस्थलहरूमा जुत्ता पालिस गर्नका लागि यात्रुको पहिलो रोजाईमा पर्छ।
 
मगयीयाको व्यापारमा यत्ति मामात्रै सिमित हुने वाला छैन्। उनी व्यापार लाई अफ्रिकाका अरु देशमा बढाउने सोँचमा छन्। त्यसैगरी बेलायत र अमेरिकामा पनि व्यापार बढाउने उनको योजना छ। त्यसका लागि एअरलाइन्स कम्पनी र दक्षिण अफ्रिका सरकारको सहयोग आवश्यक छ। 
 
व्यापार गर्नेउनको आफ्नै सामान्य सुत्र छ। उनको अनुभवमा व्यापार गर्न आत्म विश्वास महत्वपूर्ण कुरा हो। उनले भने 'कुनै पनि व्यापार गर्न चाहनुहुन्छ भने तपाईसँग आत्मविश्वास जरुरी हुन्छ।'उद्यम गर्न चाहने युवालाई सल्लाह दिँदै उनले भनेका छन् 'सबै अवस्था हामी अनुकूलन हुन सक्छन् तर हामीले कामको सुरु गर्नैपर्छ। सुरुवात नै गरिएन भने पक्कै पनि कहीँ पुग्न सकिन्न। तपाईँ पनि केही न केही कामको सुरुवात गरि हाल्नोस्।'
 
नेपालका सडकमा पनि जुत्ता पालिस गरेर जोहो गर्नेहरु थुप्रै छन्, जसलाई 'हेय'का दृष्टिले हेरिन्छ। उनको सुरुवात पनि सुखद थिएन। तर,कामको निरन्तरताले उनी आज 'ब्राण्डेड' कम्पनीका मालिक भएका छन्।असफलताबाट गुज्रदैँ सफलताको चुम्दैछन्।
Source: Setopati.com

No comments:

Post a Comment